Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसका क्षेत्रीय सचिव ऐरको कोरोना संक्रमणबाट निधन


    आइतबार, जेष्ठ ९ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली। नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो ।

    गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए ।

    ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार