Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरूद्ध ५ विद्यार्थी संगठनद्वारा संयुक्त विज्ञप्ति


    आइतबार, जेष्ठ ९ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा पाँच विद्यार्थी संगठनले विरोध गरेका छन्।

    आज संयुक्त विज्ञप्ति निकालेर नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट प्रतिरोधमा उत्रिन आग्रह गरेका हुन्।

    उक्त विज्ञप्तिमा नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन्।

    E2C-sGlVIAATMeI.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार