Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल पक्षका विद्यार्थी नेताद्वारा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन


    आइतबार, जेष्ठ ९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

    पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो।

    संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्वियूका सचिवालय सदस्य थिए। उक्त पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशिल खनाल रहेका छन्। 

    त्यस्तै निर्वाचन आयोगमा नेकपा नाममा अर्को दल पनि दर्ताका लागि निवेदन परेको छ। स्राेतका अनुसार नेकपा लोकतान्त्रिक नामक दलले निवेदन दिए पनि आयोगले विधान संशोधनका लागि फिर्ता पठाइदिएको छ।

    उक्त दलले गोलाकार भित्र पाँचकुने तारा चुनाव चिन्ह राख्न प्रस्ताव गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार