Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माधव नेपाल भन्छन् – अर्को पार्टी खोल्ने निर्णय गरिसक्यौं


    आइतबार, जेष्ठ ९ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी( नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्ने बताएका छन्। 

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्यमा  गरिरहेको यो पार्टीले नयाँ पार्टी गठन गर्न लागेको नेता नेपालले कान्तिपुर दैनिकमा एक अन्तर्वार्तामा भनेका हुन्। 

    ‘केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ।’ 

    त्यस्तै पत्रकारको पश्नमा, ‘तपाईंको समूहका स्थायी कमिटी सदस्यहरू अहिले नि एकै ठाउँमा हुनुहुन्छ?’

    नेपालको जवाफ छ, ‘को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्‍यौं।’ पत्रकारको प्रतिपश्न छ, ‘यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने हो?’

    जवाफमा नेपाल फेरि भन्छन्, ‘स्वाभाविक हो नि।’

    नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार