काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्र्तिक २६ र मङ्सिर ३ का लागि निर्वाचनको घोषणा गरेकोमा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए ।
नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुकछेले भने, ‘सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ ।’
उनले भने, ‘हामीले अघिल्लो पटक पनि चुनावमा गएर निकास दिनु पर्छ भनेकै हो, अदालतले बुझेन वा दलहरुलाई ठाउँमा ल्याउन सकिन्छ कि भनेर संसद पुर्नस्थापना गरिदिएको होला, तर परिस्थितिले फेरी चुनावमा नै जाने गरी त्यही ठाउँमा ल्याइदियो, अब यसको विकल्प छैन ।’
जनताले भनेको मान्नुपर्ने बताउदै चुनावबाटै जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । चुनावको विरोध गर्छु, आन्दोलन गर्छौ भन्नुको अर्थ छैन भन्दै अध्यक्ष बिजुक्छेले भने, ‘देशलाई यथास्थितिमा राखेर छ–छ महिनामा आफू पनि सरकारको नेतृत्वमा जाने योजना बनाएकाहरुले त्यो नपाए पनि विरोध गरेका होलान्, सरकारमा जाने बाटो त चुनावपछि पनि छँदैछ जनतासँग मत लिन तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई सचेत गराउनुपर्छ ।’’
दलहरु कोभिड–१९ नियन्त्रणमा सक्रिय हुनुपर्नेमा त्यसतर्फ चासो नदिएको भन्दै उनले भारतमा कोरोना महामारी फैलिरहँदा नेपालको दक्षिण सिमामा क्वारेन्टिन बनाउनुपर्ने, दलहरुले आफ्ना कार्यकर्तालाई स्वयंसेवकका रुपमा कोभिड नियन्त्रणका लागि परिचालन गर्नुपर्नेमा त्यसो गर्न नसक्दा जनताको ज्यान गएको बताए।
बिजुक्छेले भने, ‘पहाड, गाउँमा गएर चुनाव जितेर आउने र सधै काठमाडौं बस्ने, अनि आफूलाई भोट दिने जनता संकटमा पर्दा थाहै नपाउने ? नेताको यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ, जहाँबाट चुनाव जित्छन्, नेता त्यहीँ बस्नुपर्छ, यो संकटमा आन्दोलन गर्ने होइन, जनतालाई साथ दिन गाउँ जानुपर्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend