Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले नै राष्ट्रपतिलाई सम्मानको शिखरबाट ओरालेका हुन्ः गगन थापा


    शनिबार, जेष्ठ ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस पोखेलगत्तै नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले त्यसको जवाफ गणतन्त्रमा दर्जाले होइन, कामले सम्मान आर्जन गर्ने हो भनेर दिएका छन् । थापाले ओलीकै कर्म र प्रवृत्तिले भण्डारीलाई सम्मानको शिखरबाट ओरालेको बताएका छन् ।

    ओलीलाई सामाजिक संजालमा थापाले यसरी जवाफ दिएका छन्–राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !!

    थापाले प्रश्न गरेका छन्–‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?

    आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई  सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।

     

    1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार