Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमबिरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने


    शनिबार, जेष्ठ ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा रातारात बिघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर निन्दा गर्दै त्यसका बिरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    शनिबार ११ बजेदेखि संसद भवनको ल्होत्से हलमा बसेको विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले असंवैधानिक कदमका बिरुद्ध एकजुट हुनका लागि सबै राजनीतिक दल र जनसदुयमा अपिल गरेको छ । 

    विपक्षी गठबन्धनका तर्फबाट नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा,  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजमोका दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । 

    preess note.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार