Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई आफूअनुकूल प्रयोग गरे : देउवा


    शनिबार, जेष्ठ ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र  प्रधानमन्त्रीले संविधानलाई आफूअनुकूल प्रयोग गरेको बताएका छन्। 

    देउवाले बहुमत देखाउन नसक्ने स्वयंम घोषणा गरिसकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम राष्ट्रपतिले गरेको बताएका छन् ।संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरेको देउवाको आरोप छ ।

    गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने प्रतिवद्धतासमेत देउवाले जनाएका छन् ।

    congress-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार