Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीको कदम कदापि क्षम्य हुनेछैनः झलनाथ खनाल


    शनिबार, जेष्ठ ८ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षडयन्त्र भएको बताएका छन् ।  

    शुक्रबार मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद भंग गरी आगामी कात्तिक २६ र मंसिर ३ मा निर्वाचन घोषणा गरेपछि नेता खनालको प्रतिक्रिया आएको हो ।

     नेता खनालको भनाइ छ–राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुनेछैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म  घोर भत्र्सना गर्दछु र प्रतिवादका लागि  सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार