Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु, संसद बिघटनबिरुद्ध कानुनी उपचार खोजिंदै


    शनिबार, जेष्ठ ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको चौतर्फी बिरोध भएको छ । सर्वोच्च अदालतले यसअघि २०७७ फागुन ११ मा दिएको आदेशको पूर्ण पाठ नआउँदै राष्ट्रपति भण्डारीले अल्पमतका प्रधानमन्त्रीको सिफारिसमा मध्यावधि चुनाव घोषणा गरेकी छन् ।

    राष्ट्रपतिले संविधान विपरीत अर्को सरकार बन्ने अवस्था हुँदाहुँदै संसद भंग गरिसकेपछि विपक्षी गठबन्धन आक्रोसित भएका छन् । प्रतिनिधिसभा भंग गर्ने र चुनाव घोषणाका बिरुद्ध भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक संसद भवन बानेश्वरको ल्होत्से हलमा शनिबार ११ बजेदेखि सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक सुरु भएको हो । विपक्षी गठबन्धनको साझा धारणा बनाउनका लागि बैठक बोलाइएको बताइएको छ ।

    बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका बिरुद्ध कानुनी उपचार खोज्नेबारेमा छलफल गर्दैछ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, रामशरण महत, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार