Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले स्थायी समिति बैठक बालुवाटारमा, योगेश भट्टराई र सुुरेन्द्र पाण्डेहरुले भाग लेलान् ?


    शनिबार, जेष्ठ ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)को स्थायी समिति बैठक बोलाएका छन् । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठक बोलाइएको छ ।

    बैठकमा शुक्रबार राति घोषणा गरिएको मध्यावधि निर्वाचन र भावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउनका लागि भूमिका खेल्नेहरुमाथि कारबाही गर्ने बिषय पनि आजको बैठकमा एजेन्डा रहेको बताइएको छ ।

    आजको एमाले स्थायी समिति बैठकमा माधव नेपाल पक्षका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भूसालहरुले पनि भाग लिने बताइएको छ । शुक्रबार माधव नेपाल पक्षीय सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा योगेश भट्टराईले हस्ताक्षर गरेका थिएनन् । सुरेन्द्र पाण्डेहरुले हस्ताक्षर दुरुपयोग भएको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार