Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपक्षी गठबन्धन गहन छलफलमा


    शनिबार, जेष्ठ ८ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा गरेको प्रतिनिधिसभा बिघटन र नयाँ निर्वाचनको मिति घोषणाको चौतर्फी बिरोध भइरहेको छ । एमालेबाहेकका सबै राजनीतिक दल र नागरिक समाजले सरकारको कदमको बिरोध गरेका छन् ।

    प्रतिनिधिसभा बिघटनपछि भावी रणनीति तय गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समूह घनीभूत छलफलमा जुटेको छ । ११ बजे ल्होत्से हलमा विपक्षी गठबन्धनको संयुक्त बैठक बोलाइएको छ । 

    ११ बजेको बैठकअघि कांग्रेंसको बैठक सभापति शेरबहादुर देउवा निवासमा बसिरहेको छ ।  

    प्रधानमन्त्रीमा दाबी नपुगेका केपी ओली नेतृत्वले गरेको सिफारिसका आधारमा संसद भंग गर्ने कार्यको विपक्षी गठबन्धनका प्रायः सबै नेताहरुले बिरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आगामी कात्तिक र मंसिरमा चुनाव गराउनका लागि घोषणा गरेका होइनन् । उनी आगामी भदौमा संकटकाल लाउने र पुनः अर्को बर्ष जेठमा चुनावको मिति घोषणा गर्ने दाउमा छन् ।

    प्रधानमन्त्रीका हरेक असंवैधानिक कार्यमा राष्ट्रपति भण्डारीले ल्याप्चे लगाएपछि उनको समेत चौतर्फी बिरोध भइरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार