Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौंः गगन थापा


    शनिबार, जेष्ठ ८ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले मध्यरातमा प्रतिनिधिसभा बिघटन गरेर सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको बताएका छन् । संविधानको धारा ७६(३) र ७६(५) को प्रयोग केबल देखाउनमात्र थियो, प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको मिसन  त संसदको हुर्मत लिनु थियो, लिए–थापाको टिप्पणी छ ।

    मध्यरातमा भएको प्रतिनिधिसभा बिघटनपछि थापाले लेखेका छन्–खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनस्र्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आह्वान, अनुकूल नभएपछि फेरी विघटन १ कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !

    सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिने वाला छैनन् ।

    नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।

    gagan 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार