Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपक्षी तीन दलको छलफल सुरु, नयाँ सरकारको दाबी गर्ने तयारी


    शुक्रबार, जेष्ठ ७ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि आधार प्रस्तुत गर्ने तयारी गरेका छन् ।

    त्यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा जुटेका छन्।

    छलफलका लागि कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव छन्।

    त्यसैगरी संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर फाइल गर्ने काम भइरहेको स्राेतले बताएकाे छ ।

    सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका छन् । नेताहरुले नयाँ सरकारको प्रधानमन्त्री कसलाई अघि सार्ने भन्नेमा भने छलफल गरेर टुंग्याउने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार