Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन ओलीको प्रस्ताव


    शुक्रबार, जेष्ठ ७ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

    ‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कि राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ ।

    ‘आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । तर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव राखेका भन्दै उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु’,।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार