Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कसले संविधानमाथि थिचोमिचो गर्यो ? मार्गप्रशस्त गर्दा पनि थिचोमिचो हुन्छ ?’: प्रधानमन्त्री ओली


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमा बाेल्दै ‘कसले संविधानमाथि थिचोमिचो गर्यो ? मार्गप्रशस्त गर्दा पनि थिचोमिचो हुन्छ ?’ भन्दै विरोधी गठबन्धनसँग प्रश्न गरेका छन् ।

    विश्वासको मत लिए हार्छु भनेर थाहा पाएपछि संविधानको धारा ७६ (५) का निम्ति मार्ग प्रशस्त गरिदिएको बताउदै ओलीले विरोधी गठबन्धनलाई उपयुक्त विकल्प छ भने प्रस्तुत गर्न समेत आग्रह गरे ।

    ‘म हार्छु, विश्वासको मत लिए भने म हार्छु । हारेपछि ५ मै जाने हो । त्यसो हो भने जाऔं । सरकार बनाउनुहोस्, नीति तथा कार्यक्रम र बजेट ल्याउनुहोस्’, ओलीले भने 

    यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सरकारको प्रस्ताव गरेको ओलीले बताए ।

    ‘आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । मेरो दलले सहयोग गर्छ ।’ तर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको ओलीले बताए । ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु’, बालुवाटारमा सम्पादकहरुसँग ओलीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार