Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जसपा विभाजनको संघारमा, महन्थले सहमति भङ्ग गरेकाे यादव पक्षकाे आरोप


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक जारी छ।

    जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइ र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन।

    दुई अध्यक्षबीच भएको सहमतिको उल्लघंन गरी पार्टी विभाजनको दिशामा अगाडि बढेको उपेन्द्र यादव पक्षले ठहर गरेका छन् ।

     जेठ ४ गते संयुक्त विज्ञप्ति जारी गरि दुई अध्यक्षबीच कुनै पनि गुट भेला नगर्ने, कुनै पनि बैठक बसाउँदा सहमतिमा गर्ने निर्णय भएको थियाे । तर पार्टीलाई कुनै जानकारी नदिइ आफू पक्षीय सांसदहरुको बैठक बोलाइएकोले अब पार्टी विभाजनको दिशामा अगाडि बढेको उनीहरूकाे ठहर छ ।

    पार्टी संसदीय दलको बैठक बस्दैछ भन्ने यादव पक्षलाइ कुनै जानकारी नै छैन । यो कस्तो बैठक हो यसले पार्टी एक रहन्छ भनि कसरी विश्वास गर्ने ? भोलिदेखि कार्यकारिणी समितिको बैठक बस्ने भनेर दुवैजना अध्यक्षले गरेको निर्णय अनुसार त्यसको तयारीमा लाग्नुपर्नेमा गुटको भेला तिर लाग्नु याे कस्ताे राजनिती हाे ? जसपाका कार्यकारिणी सदस्य एवं सांसद मोहम्मद इस्तियाक राइन भने

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार