Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्दैछ ।

    बैठकमा राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि बिहीबार प्रकाशित विज्ञप्ति सम्बन्धमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छिन् ।

    कांग्रेसले राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति संविधानविपरीत र अलोकतान्त्रिक भएको भनी टिप्पणी गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार