Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देवकोटालाई बधाई दिँदै रामकुमारीले भनिन् – अन्यायको विरुद्द विद्रोह निश्चित छ


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रियसभाको उपनिर्वाचनमा विजयी भएका डा खिमलाल देवकोटालाई बधाई दिएकी छिन्। 

    विहीबार सम्पन्न बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभामा सत्तारुढ दल एमालेका नेता रामबहादुर थापा बादललाई पराजित गर्दै विजयी भएका देवकोटालाई नेत्री झाँक्रीले बधाई दिएकी हुन्। 

    पार्टीभित्र आन्तरिक द्वन्द चर्किएको र त्यसको अन्त्य समाधान भइनसकेको भन्दै झाँक्री भन्छिन्, ‘अन्यायको विरुद्द विद्रोह निश्चित छ, अहंकार उस्तै छ।’ ‘संसद सदस्यबाट नै राजिनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने  ? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो,’ उनले भनिन्  

    तर, अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अबस्थामा आफूहरु रहेको भन्दै अन्यायको विरुद्द विद्रोह गर्ने झाँक्रीको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार