Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्छ : वरिष्ठ नेता पौडेल


    शुक्रबार, जेष्ठ ७ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन् ।

    नेता पौडेलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संविधान विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन्  । 

    ‘एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन’, नेता पौडेलले भने। उनले वर्तमान अवस्थामा सम्पूर्ण राजनीतिक दललाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न आग्रहसमेत गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार