काठमाडौँ। यतिबेला सामाजिक सञ्जालहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ।
यसअघि बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।
प्रधानमन्त्रीले आफू अनुकुल निर्णय गर्ने र त्यसको आखा बन्द गरेर राष्ट्रपतिले पास गरेको भन्दै सामाजिक संजालहरुमा विपक्षी गठबन्धनका नेतादेखि लिएर कलाकार, लेखक, बुद्दिजिबीलगायतहरुले खुलेर आलोचना गरेका हुन्।
यसैक्रममा कसैले ‘ओलीलाई भण्डारीको साथ’ त कसैले राष्ट्रपतिलाई महाअभियोग लागेर हटाउनु पर्नेसम्मको प्रतिक्रिया दिएका छन्। तर, यसैबीच आलोचना गर्नेहरु मध्ये एक बरिष्ठ लेखकले भने छुट्टै प्रतिक्रिया दिएका छन्।
समर्थन र बिरोध बनेको सामाजिक सञ्जालमार्फ़त लेखक नारायण वाग्लेले रबर स्ट्याम्प राष्ट्रपति र देश मनखुशी चलाउने प्रधानमन्त्री भएका कारण प्रतिनिधिसभा फेरि विघटन गर्ने प्रपञ्च भएको उल्लेख गरेका छन्।
लेखक वाग्लेले महामारीले पिल्सिएका जनताको ध्यान मोड्न संविधानमाथि फेरि मनमरी भन्दै राष्ट्रपतिले चुपचाप प्रधानमन्त्रिको सिफारिसमाथि सही गर्नु यसको कारण भएको उनको भनाइ छ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend