Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ‘महामारीमा पनि सरकारको ध्यान कुर्सीमा मात्र हुनु बिडम्बना !’


    शुक्रबार, जेष्ठ ७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले मुलुक कोरोना भाइरस महामारीको चपेटामा रहेको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र सीमित रहेको आरोप लगाएकी छिन्। 

    यसअघि बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन । 

    माओवादीकी नेत्री समेत रहेकी गंगाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय नाटकीय रहेको भन्दै राष्ट्रपतिली गरेका कदमहरु संबिधान बिपरित रहेको बताएकी हुन्। 

    सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘नाटकीय ढंगमा २४ घण्टा भित्र प्रधानमंत्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संबिधान बिपरित छ जब कि प्रधानमन्त्रीले संविधानत ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो । देश कोरोनाले अक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बना !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार