काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । बिहीबार उनले नयाँ सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मको समय दिएर दलहरुलाई आह्वान गरेकी छन् । उनले बिहीबार साँझ नयाँ सरकार गठनका लागि २१ घन्टाको समय दिएर सूचना जारी गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो विश्वासको मत नलिने बताएका थिए । उनले विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि बाटो खुल्ला गर्ने घोषणा गरेगरेलगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधान अनुसार प्रधानमन्त्रीलाई पदमुक्त गरेपछि मात्र बैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुपर्ने हो । तर उनले प्रधानमन्त्रीलाई पदमुक्त नै नगरी बैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी छन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend