Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने


    बिहिबार, जेष्ठ ६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । राष्ट्रियसभाको आजको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ । 

    वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।  बिहान ९ बजेदेखि शुुरु हुने मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने छ । 

    वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् ।  

    निर्वाचनका लागि गृहमन्त्री थापासहित एमाले नेता कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, कृष्णबहादुर राईलगायत नेता हिजै हेटौँडामा आइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार