Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई अध्यक्षका फरक- फरक पत्रले सचिवलायसमेत रनभुलमा, जसपाको संसदीय दलको नेता महतो हुन् ?


    मंगलबार, जेष्ठ ४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयनको विवादले संसद सचिवलायसमेत रनभुलमा परेको छ। जसपाका दुई अध्यक्षले फरक फरक पत्र पठाएपछि सचिवालय कुनै निर्णयमा पुग्न सकेको छैन ।

    जसपाका एक अध्यक्ष महन्थ ठाकुरले मंगलबार संसद सचिवालयलाई पत्र पठाउँदै जसपा संसदीय दलको नेता वरिष्ठ नेता राजेन्द्र महतो चयन भएको जानकारी दिएका छन्। उनले पत्रमा पार्टीको संसदीय दलको विधानअनुसार महतो संसदीय दलको नेता चयन भएको उल्लेख गरेका छन्।

    E1qnGoJVcAEFGzq-494x650.jpg

    तर, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले जेठ २ गते नै संसदीय दलको विधान नै नबनको र दलको नेतासमेत चयन नभएको जानकारी दिएका छन्। उनले पार्टीको कार्यकारिणी समितिले संसदीय दलको विधान अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै विधान नै नबनको अवस्थामा संसदीय दलको नेता चयन हुन नसक्ने भन्दै नेता चयन नभएको भन्दै सचिवालयलाई जानकारी दिएका छन्।

    E1qnGojVoAIknGQ-468x650.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार