काठमाडौं । केही दिनअघिसम्म पार्टी नै फुट्ला जसरी फरक ढंगले अघि बढेका जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव एकाएक यु टर्न भएर आफ्नै नेतृत्वमा सरकार बनाउन अगाडि बढ्ने निर्णय गरेका छन् ।
अध्यक्षद्वय ठाकुर र यादवले आज संयुक्त विज्ञप्ति निकालेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा अगाडि बढ्ने स्पष्ट पारेसँगै ठाकुर प्रधानमन्त्रीका दाबेदार देखिएका छन्।
जसपाले सरकारको नेतृत्वका लागि अगाडि बढ्ने औपचारिक निर्णय जेठ ८ र ९ मा कार्यकारिणी समितिको बैठकबाट गर्ने भएको छ ।
ओलीलाई साथ दिदै आएका महन्थ एकाएक यु टर्न भई आफ्नै नेतृत्वमा सरकार निर्माणमा बढ्ने भएसँगै उनले काँग्रेस र माओवादी केन्द्रको साथ पाउने सम्भावना पनि बढेर गएको छ । यसले ओलीलाई झड्का पर्ने सम्भावना बढेको छ ।
अबकाे ओलीले २४ दिनभित्र विश्वासको मत लिन नसके बहुमतको सरकार निर्माणको आव्हान राष्ट्रपतिबाट हुन सक्छ । त्यतिबेला ओलीविरोधी गठबन्धनले बहुमत देखाउन सके महन्थ ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना हुन सक्छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend