Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा एमाले कार्यदलको बैठक बस्दै


    मंगलबार, जेष्ठ ४ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ ।

    दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने स्राेतले जानकारी दिएकाे छ । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो ।

    गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ । त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ ।

    तर, दुवै तर्फको समानान्तर कमिटी निर्माण भएको र माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले सहमतिको मापदण्ड तय गर्न कार्यदल गठन भएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार