Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’ भन्ने सपथविरूद्धको रिटमाथि सुनुवाई हुँदै


    मंगलबार, जेष्ठ ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ कानुनविपरीत भएको भन्दै ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिटमाथि आज सुनुवाई हुँदै छ। 

    सोमबार  सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै हालेको रिट उपर आज (मंगलबार) सुनुवाइ हुनेगरी पेशी तोकिएको थियो ।

    प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको शपथविरूद्ध सर्वोच्चमा रिट दर्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए।

    प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोर्‍याएकी थिइन्।

    प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार