काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले लुम्बिनी प्रदेशका ४ सांसदलाई गरेको कारबाही सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । जसपाले लुम्बिनी प्रदेशसभाको अविश्वास प्रस्तावमा हस्ताक्षर गरी ४ घन्टापछि मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रिमण्डलमा सामेल भएका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई निस्कासन गरेको थियो ।
पार्टीको निर्णय बिपरीत एमाले नेतृत्वको प्रदेश सरकारको मन्त्री भएकाले गएको बैशाख १६ गते जसपाले उनीहरुलाई पार्टीेले निस्कासन गरेको थियो । तर उनीहरुले सांसदबाट निस्कासन गर्ने निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार ४ सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ । जसपाको कार्यकारिणी समितिको बहुमतले ४ सांसदलाई निस्कासन गरेको थियो ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर ल्याएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको ४ घन्टामा एमालेको नेतृत्वको मन्त्री बनेका जसपाका ४ सांसदलाई निस्कासन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको यो आदेशले कर्णाली प्रदेशमा फ्लोरक्रस गरेबापत निस्कासित भएका ४ सांसदको हकमा के हुने ? यो सवाल सर्वोच्च अदालतसामु तेर्सिएको छ ।
कर्णाली प्रदेशमा एमालेका ४ सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अमर थापा र नन्दसिंह बुढालाई गएको बैशाख ३ गते निस्कासन गरेको थियो । एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सिफारिसमा पार्टीले उनीहरुलाई निस्कासन गरेको थियो । एमालेले निस्कासन गरेका ४ सांसदले भने सर्वोच्चमा रिट दायर गरेका छैनन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend