Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाकाे निर्णय: जेठ ६ गते हुने उपनिर्वाचनमा बादललाई भोट हाल्ने


    सोमबार, जेष्ठ ३ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राप्रपाले बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ ।

    जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । 

    आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपा एक नेता जानकारी दिए ।

     
    राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिइसकेको उनले बताए । 

    एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार