Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीस दिनभित्र विश्वासको मत लिनुपर्ने ओलीले कहिले लेलान् मत ?


    सोमबार, जेष्ठ ३ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले  प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वाध्यात्मक व्यवस्था छ ।

    धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने ओलीले विश्वासको मत पक्षमा पार्न गृहकार्य शुरु गरिसकेका छन् । 

    एमाले एकता कायमै रहने र जसपाको ३२ मध्ये १३ सांसदले मात्र पक्षमा मतदान गरेमा ओलीलाई विश्वासको मत प्राप्त हुन्छ । त्यसैले उनी जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधरलई मनाउन सक्रिय छन् ।

    एमालेको १२१ सांसद छन् भने जसपाको ३२ सांसद छन् । जसपामा महन्थ ठाकुर पक्षधर १६ सांसद देखिएका छन् । प्रतिनिधि सभामा तत्काल २६७ सांसद संख्या छ । २७५ सांसदमध्ये ४ निलम्बित र ४ सिट रिक्त छ । बहुमतका लागि १३४ को मत भए पुग्छ ।

    जसपाभित्र महन्थ ठाकुर पक्षधरको संविधान संशोधन र मुद्दा फिर्ताको मुख्य माग रहेको छ । त्यसमा ओलीले सकारात्मक रहेको सन्देश दिइसकेका छन् । तर, तटस्थ बसेर कसैलाई साथ नदिएका ठाकुर पक्षधर फेरि पनि उनी तटस्थ बस्ने सम्भावना बढी देखिन्छ । किनकी ठाकुर आफै प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।

    जसपाको ठाकुर समूह तटस्थ बसेमा ओलीलाई विश्वासको मत प्राप्त हुने सम्भावना कमजोर हुन्छ । त्यसपछि धारा ७६ को उपधारा ५ बमोजिम फेरि बहुमतको सरकार गठनको आव्हान राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनसक्छ । त्यसपछि देशले कि चुनाव कि एक वर्ष बहुमतको सरकारको बाटो समात्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार