काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता स्वर्गीय मदन भण्डारीको आज २८ औँ स्मृति दिवस । आज भन्दा ठीक २८ बर्ष अगाडि विसं २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा सडक दुर्घटनामा परी भण्डारीको मृत्यु भएको थियो।
कम्युनिष्ट आन्दोलनका धरोहरदेखि आमनेपालीको मनमा बसेका भण्डारीलाई धेरैले आजपनि सम्झिरहेका छन् ।
यसैबीच, जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भण्डारीको २८ औँ स्मृति दिवसको दिन श्रद्दा सुमन ब्यक्त गर्दै दासढुंगामा रहस्यमय मृत्युको भन्दै निस्पक्ष छानविन गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत नेता भण्डारीलाई सम्झिएका भट्टराईले आफ्नै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला रहस्यमय मृत्युको निस्पक्ष छानविन गर्न माग गरेका हुन्।
फेसबुकमा भट्टराईले लेखेका छन्, ‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन ! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं । नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं !’
<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>२०५०जेठ३गते दासढंुगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाॅहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं! <a href=”https://t.co/FLWKb1bqSi”>pic.twitter.com/FLWKb1bqSi</a></p>— Baburam Bhattarai (@brb1954) <a href=”https://twitter.com/brb1954/status/1394115895882969088?ref_src=twsrc%5Etfw”>May 17, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend