काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।
आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन् । ‘उपनिर्वाचनमा मतदान गर्न जाँदा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट साथमै लैजानुपर्छ, रिपोर्ट अनिवार्य छ,’ उनले राजधानीस“ग भने, ‘तथापि पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था भने गरिएको छ ।’
आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ ।
यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिले अनिवार्य पीपीई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कसमेत स्थापना गरिने आयोगले जनाएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग र मास्क लगाएर मात्र प्रवेश पाइनेछ ।
मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बढीमा २५ मतदाताले मतदान गरिसकेपछि गोप्य कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत सामग्री र मतपेटिका ‘सिल’ गर्नुअघि र मतगणना स्थलमा खोल्नुअघि अनिवार्य निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।
यसैगरी, मतदानस्थलमा अनिवार्य आवश्यक उपकरणसहितको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने प्रावधान सुरक्षा मापदण्डमा उल्लेख छन् ।
आयोगले आगामी ६ जेठमा बाग्मती प्रदेशतर्फ राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि उपनिर्वाचन सम्पन्न गर्नेगरी तयारी गरेको हो । लुम्बिनी प्रदेशतर्फ भने रिक्त एक सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन गर्नेगरी तयारी अघि बढाइएको छ । राजधानी दैनिकबाट।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend