Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • विवाद मिलाउन एमालेले बनायाे १० जनाको कार्यदल ( को-को छन् कार्यदलमा)


    आइतबार, जेष्ठ २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेभित्र बढीहेकाे विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ।

    आज सिंहदरबारमा भएको दुई जनाको छलफलले दुबै पक्षका ५/५ नेता सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हाे। 

    कार्यदलमा टोलीमा नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

    यस्तै ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

    यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने छ । 

    साथै आज ओलीसँग भएको भेटवार्तामा २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनेबारे छलफल भएको स्राेतले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार