Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल  गर्न महन्थ र उपेन्द्रबीच वार्ता हुँदै


    आइतबार, जेष्ठ २ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता सुरू भएको छ ।

    पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भइरहेको जसपा नेता सुरेन्द्र झाले  बताए।

    प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ। पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए। ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव भएको हो।

    संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव ओलीलाई विस्थापित गर्ने पक्षमा थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार