Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाबुरामले प्रष्टीकरण दिँदै भने – मैले ओलीलाई भेटेकै हो


    आइतबार, जेष्ठ २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन् ।

    यसअघि ओलीनिकट नेकपा एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएका थिए । 

    त्यही सन्दर्भमा भट्टराईले ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण दिएका हुन् ।

    आइतबार बिहान सामाजिक संजालमा अध्यक्ष भट्टराईले ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ओलीलाई भेटेकै हो भन्दै ट्वीटरमा उल्लेख गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार