Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जसपा उपेन्द्र–बाबुरामले बोलाए बैठक, ठाकुर पक्षलाई कारवाहीको तयारी


    शनिबार, जेष्ठ १ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव–बाबुरामले आफ्नो पक्षमा भएका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन्। 

    सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयनलगायतका विषयमा छलफल गर्नका लागि पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ ।

    आज १ बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिएका छन् । ‘पार्टी विधान विपरीत कामहरु भएका छन् त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ राईले भने ।

    बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय लिन सक्ने उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार