Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले लिए तेस्रो पटक प्रधानमन्त्रीको सपथ


    शुक्रबार, बैशाख ३१ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

    संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी भएका थिए ।

    राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दल असफल भएका थिए ।

    प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व कार्यकाल हो ।

     

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार