Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षका नेताहरुको बैठक जारी, माधवले चपली हाइटको ब्रिफिङ गर्दै


    शुक्रबार, बैशाख ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठक बसेको छ। 

    बैठकमा नेता नेपालले हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग बूढानीलकण्ठस्थित चपली हाइटमा भएको वार्ता र सहमतिबारे  आफू पक्षीय नेताहरुलाई ब्रिफिङ गराएका छन्।  

    कोरोना भाइरसका कारण आजको बैठक अनलाइनमार्फत् बसेको नेपाल पक्षका एक नेताले जानकारी दिए। ती नेताका अनुसार आजको अनलाइन बैठकमा २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी कार्यदल बनाउन लागिएको छ ।

    यस्तै, नेता नेपालले आज दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेर कार्यदल पेश गर्ने बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार