Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ‘पाखण्डीपन’ र ‘गद्दार’को संज्ञा दिएका नेपाललाई सूर्य थापाले भने – बल्ल सही संगतमा आउनुभयो


    शुक्रबार, बैशाख ३१ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका नेता माधवकुमार नेपाल बल्ल सही संगतमा आएको बताएका छन्। 

    कहिले ‘पाखण्डीपन’ त कहिले ‘गद्दार’को संज्ञा दिएका सल्लाहकार थापाले हिजो अध्यक्ष ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएपछि यस्तो बताएका हुन्। 

    आज बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र नेता नेपालको फोटो पोष्ट गर्दै  थापाले विशेष क्षणको उपमा समेत दिएका छन्। 

    ट्वीटरमा उनले लेखेका छन्, ‘विशेष क्षण – पुष्पकमल दाहालले आफ्नाे गुटकाे स्थायी कमिटी बैठकमा हिजाे भन्नुभएछ-“माधव नेपालजीले धाेका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयाे।” धाेका नै दिनुभएको हाे कि हाेइन? तर पाेजिसन चेन्ज गरेर हामी एमालेहरू भन्छाैं-एकदम सही गर्नुभयो माधव कमरेड ! बल्ल तपाईं सही संगतमा आउनु भयाे। ‘

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार