Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • महन्थलाई प्रधानमन्त्री बनाए ओली पछि हट्ने


    बिहिबार, बैशाख ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। संसदको अंकगणितले नेपाली कांग्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बहुमत नपुग्ने देखिएकाे छ ।

    २७ वैशाखको मध्यराति महन्थ ठाकुरले राष्ट्रपति भण्डारीलाई पत्र लेखी पार्टी सत्ताको गठबन्धनमा नरहेको जानकारी गराउनु ।

    नेकपा एमालेका माधव नेपाल समूहका २० सांसदको राजीनामा लगभग टर्नु । राजीनामा दिएपछि उपेन्द्र यादव समूहले १४ सांसद पुर्याउन नसक्ने अवस्था बन्नु ।

    यसरी हेर्दा लगभग देउवालाई प्रधानमन्त्री बन्न बहुमत नपुग्ने देखिन्छ ।

    देउवालाई प्रधानमन्त्री बन्न बहुमत नपुग्ने देखिएपछि विकल्पमा ओली नै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने अवस्था बनेको छ ।

    कित अब उनलाई रोक्न जसपालाई एकढिक्का बनाएर ओलीविरोधी गठबन्धनमा ल्याउनुबाहेक विकल्प देखिदैन ।

    ओलीलाई फेरि प्रधानमन्त्री बन्न नदिन विरोधी गठबन्धनसँग अब एउटामात्र विकल्प बाँकी देखिएको छ । त्याे हाे महन्थलाई प्रधानमन्त्री दिने ।

    ओलीलाई पछिपार्न अब जसपाले सरकारको नेतृत्व पाउने अवस्थामा मात्र सम्भव देखिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार