काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले संघका पुर्व अध्यक्ष पशुपति चौलागाईको निधन प्रति शोक व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म संघको झण्डा आधा झकाउने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र सात दिनसम्म संघको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष नरेश शाहीले आज एक शोक बक्तव्य जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएका छन् ।
‘संघका पुर्व अध्यक्षको निधनको यस दुखत घडीमा क.पशुपति चौलागाई प्रति सम्मान गर्दै ३ दिन सम्म संघको झण्डा आधा झुकाउने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र ७ दिन सम्म संघका कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको छ’ शाहीद्धारा जारी बक्तव्यमा भनिएको छ ।
एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाई बागमती प्रदेशसभाका सांसद समेत थिए । गत २८ बैशाखमा उनको कोभिड–१९ को उपचारको क्रममा काठमाण्डौं स्वयम्भु स्थित मनमोहन अस्पतालमा निधन भएको थियो ।
‘नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पशुपति चौलागाई एक इमान्दार र कर्तव्यनिष्ठ संगठक हुनुहुन्थ्यो । उहाँको सादगीपुर्ण व्यवहार र जिवनशैली सवै कार्यकर्ताहरुको लागि अनुकरणीय थियो । वहाँले लामो समय संघमा रही नेपालको युवा आन्दोलनमा महत्वपुर्ण योगदान गर्नु भएको थियो’ शाहीद्धारा जारी बक्तव्यमा उल्लेख गरिएको छ ।
चौलागाई २०५४ चैत्र देखी २०५७ मंसिर सम्म संघको नेतृत्वमा रहेर राष्ट्रियता, जनजिविका र सामाजिक परिवर्तनका सवालहरु एवं शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका युवाका समस्याहरुमा प्रभावकारी अभियान एवं कार्यक्रमहरु संचालन गरेका थिए । उनको निधनले नेपालको कम्युनिष्ट आन्दोलनले एक आदर्शवादी नेतृत्व र युवा आन्दोलनले प्रेरक व्यक्तित्व गुमाएको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend