Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा र महन्थबीचकाे वार्ता असफल, महन्थले नयाँ सरकार गठनमा साथ नदिने


    बिहिबार, बैशाख ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ ।

    देउवा र जसपाको महन्थ ठाकुर पक्षबीच भएको छलफलमा देउवाकाे आग्रहलाई ठाकुरले अस्वीकार गरेपछि वार्तामा विफल भएको हाे ।

    देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको बताउदै देउवाकाे आग्रह अस्वीकार गरेका हुन् ।  

    जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव राखेपनि जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको ठाकुरले जवाफ दिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार