Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समूहद्वारा ओलीलाई ३ घण्टे अल्टिमेटम


    बिहिबार, बैशाख ३० २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्नअध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ।

    नेपाल समूहको दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने स्राेतले बताएकाे छ ।

    वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाएकाे ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्न ४ बजेसम्मको समय दिएकाे स्राेतकाे भनाइ छ ।

    कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा रहेकाे स्राेतले बताएकाे छ ।

    यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

    एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार