Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • माधव पक्षको राजीनामा रोक्ने ओलीको अन्तिम प्रयास, बालुवाटारमा बोलाए स्थायी कमिटी बैठक


    बिहिबार, बैशाख ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्नेबारे छलफल गर्न बैठक बोलाएको ओलीनिकट स्रोतले बताएको छ।

    स्रोतका अनुसार आजको बैठकमा नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न आज अन्तिम प्रयास गरिनेछ । 

    प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज साँझ सकिँदैछ ।

    यता,बहुमत सहितको सरकार गठन गर्न लागेका विपक्षीदलहरुलाई सहयोग गर्नकै लागि र प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न नेपाल पक्षले राजिनामा दिने बताउदै आएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार