Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बहुमतको सरकार बन्ने सम्भावनाहरु : एमाले विभाजन कि जसपाको देउवालाई साथ


    बिहिबार, बैशाख ३० २०७८
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका सकिंदै छ । तर, राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न भने सकिरहेको छैन ।

    नयाँ सरकार गठनमा निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) दुई धारमा बिभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला अप्ठ्यारोमा परेको छ। जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको तालमेल नमिल्दा जसपा दुई धर्म विभाजन भएको हो। 

    अध्यक्ष ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने भन्दै विपक्षी गठबन्धनमा सहयोग गर्न नसक्ने बताएपछि सरकार गठनमा बहुमत नपुग्ने देखिएको छ । यस्तो बेला बहुमतको आधारमा नयाँ सरकार गठन हुने एउटा अर्को सम्भावना एमालेको विभाजन हो । 

    ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने पक्षमा उभिएका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिए भने त्यो सम्भावना रहन्छ ।

    प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो । नेपाल पक्षका २८ सांसद छन् । उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या २४३ हुन्छ । १२१ मत पाएमा बहुमत पुग्छ र विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ ।

    गत सोमवार प्रधानमन्त्री ओलीको विश्वासको मतमा ९३ मत र उनको विपक्षमा १२४ मत आएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार