डोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रदेशसभा सदस्य दल रावलले कसैको लहीलहीमा लागेर पार्टीबाट अलग हुन नहुने बताएका छन्।
नेता रावलले पार्टी भित्र रहेकोे केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरेर पार्टीलाई गतिशील बनाउनुको सट्टा बिभाजन तर्फ लागेको भन्दै अलग हुन नहुने बताएका हुन्।
आफ्नै पार्टीको सरकारलाई बिस्थापित गरेको भन्दै ओली पक्षका रावलले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई ‘युगखाने संभावना भएका नेताहरु छाक खाने’ बाटोमा नलाग्न समेत आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन्।
उनको लेख यस्तो छ :
‘कमरेडहरु मलाई पनि सम्झनुभएकोमा धन्यवाद । म नेकपा (एमाले) एकताबद्व रहोस भनी निरन्तर पहल र प्रयास गर्ने एक कार्यकर्ता हु । तर यसलाई कमरेडहरुले समानन्तर गतिविधिमा लागेको जसरि वुझेर वा यसलाई कमजोरी ठानेर मेरो कुनै सहमति बिना प्रदेश तथा जिल्ला कमिटीमा राखेको भनी सामाजिक संजालमा पोस्ट भएको थाहापाए । यसबाट म आश्चर्यचकित भएको छु।
म कुनै पनि समानान्तर गतिविधि वा कमिटीमा नभै हाम्रो गौरबशाली पार्टी नेकपा (एमाले)मा रहेको जानकारी गराउदछु। यसबाट कोहि भ्रमित नहुन पनि आग्रह गर्नचाहन्छु। साथै, नेकपा (एमाले)का सम्पुर्ण नेता, कार्यकर्ता तथा सुभचिन्तकहरु लाई कोहि कसैको लहिलहिमा नलागी नेपाली जनताको प्यारो पार्टी नेकपा (एमाले)मा लामबद्द हुन हार्दिक अनुरोध गर्द्छु।
पार्टी भित्र रहेकोे केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई बिस्थापित गरि ‘युगखाने संभावना भएका आदरणीय कमरेडहरु छाक खाने’ बाटोमा नलाग्न समेत सादर अनुरोध गर्दछु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend