काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले आफू सामूहिक राजीनामा दिनुपर्ने पक्षमा उभिएको बताएका छन् ।
उनले अब आफूहरु अध्यक्ष ओलीसँग सम्झौता गर्ने पक्षमा नरहेको भन्दै तत्काल सामूहिक राजीनामा दिएर एउटा निकास दिने विश्वास दिलाएका छन् ।
ओलीलाई परास्त गर्नुको विकल्प नभएको पनि टिप्पणी गर्दै रावलले भनेका छन् उहाँले संविधान र उपलब्धि नै समाप्त पार्ने षड्यन्त्र गर्नुभएको छ । अब हामी यत्तिकै बसेर हुँदैन् । ओलीको निरंशुकता रोक्न पनि यो कदम उपयुक्त हो । राजीनामा दिनु निकास हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि पहल लिएका छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादवको साथ लिएर देउवा सरकार गठनको अन्तिम गृहकार्यमा जुटेका छन् ।
देउवालाई जसपाको बहुमत सांसदको सहयोग रहने विश्वास गरिएको छ । एमालेको माधव नेपाल पक्षले पनि देउवालाई नयाँ सरकार गठनको लागि सघाउने वचन दिएको छ ।
उनीहरुले सरकार गठनको लागि सघाउने भन्दै २० जना सांसदले राजीनामा दिने वचन दिएका छन् । नेपाल पक्षका सबै सांसदहरुले राजीनामा दिने पत्रमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाईसकेका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend