काठमाडौं । ओलीविरोधी गठबन्धनसँग राजनीतिक लेनदेनको कुरा मिलेपछि नेता माधवकुमार नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने भएका छन् ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच सहमति भएकाे हाे ।
त्यसको लागि नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने भएका छन् ।
कांग्रेसले माओवादी केन्द्र र जसपाको समर्थनमा नयाँ सरकार गठन गर्ने गृहकार्य थालेको छ । तर, जसपाको सिंगो साथ नपाउने भएका छन् ।
नेपाल पक्षधर सबै सांसदले राजीनामा दिए उपनिर्वाचन गराएर उनीहरु सबैलाई जिताएर ल्याउने देउवाले नेता नेपाललाई वचन दिएका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउनको लागि आवश्यक सहयोग गर्ने वचन नेता नेपालले दिईसकेका छन् । नेपाल पक्षका सांसदले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिनेगरि गृहकार्य थालेका छन् ।
देउवा र नेपालबीच एक वर्षपछि चुनाव गराउने र उक्त चुनावी सरकारको नेतृत्व नेपालले गर्नेबारे पनि सहमति भएको छ ।
तत्काल माधव नेपाल पक्षका कम्तिमा ६ जनालाई मन्त्री बनाउनपनि देउवा राजी भएका छन् ।