काठमाडौं । ओलीविरोधी गठबन्धनसँग राजनीतिक लेनदेनको कुरा मिल्न लागेपछि नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुलाई राजीनामाका लागि तयार बनाएका छन् ।
नेपालले बहुमतको गठबन्धनको सुनिश्चितताका लागि आफूसहित २० प्रत्यक्ष निर्वाचित सांसदको राजीनामाका लागि शर्तहरु अगाडि सारेका हुन् । सम्भवत उनीहरुले भोलिसम्म राजीनामा दिनेछन् ।
राजीनामा दिन तयार भएकामा नेपालका अलावा झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाललगायत छन् ।
स्रोतका अनुसार नेपालले ओलीविरोधी गठबन्धनका नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी सरकारमा कम्तिमा ६ महिना प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त राखेका छन् । त्यसो नभए विकल्पमा गठबन्धनका दुईजना नेताबीच आलोपालोको लिखित सहमति हुनुपर्ने उनको शर्त रहेको छ ।
माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितताको शर्तलाई पनि प्राथमिकतामा राखेका छन् । त्यसमा गठबन्धनका नेताहरु सकारात्मक भएको बुझिएको छ ।
अर्को विकल्पमा देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो ।
नभए चुनावी सरकारको नेतृत्व देउवाबाहेक गठबन्धन दलका कुनै नेता प्रधानमन्त्री हुनेगरी शर्त सारेका छन् ।
जनता समाजवादी पार्टी सत्ता समिकरणमा विभाजित अवस्थामा छ । उपेन्द्र यादव समिकरणको पक्षमा छन् । महन्थ ठाकुर विपक्षमा उभिएका छन् ।
नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१. झलनाथ खनाल, इलाम १
२. माधवकुमार नेपाल, काठमाडौं २
३. योगेश भट्टराई, ताप्लेजुङ
४. जयकुमार राई,सुनसरी १
५. भवानी खापुङ,तेह्रथुम
६. यज्ञराज सुनुवार, ओखलढुंगा
७. गणेश पहाडी, सिन्धुली १
८. पवित्रा निरौला खरेल, झापा २
९. जीवनराम श्रेष्ठ,काठमाडौं ८
१०.नारायण खतिवडा, नुवाकोट १
११. विरोध खतिवडा,मकवानपुर २
१२. सुरेन्द्र पाण्डे,चितवन १
१३. घनश्याम भुसाल,रुपन्देही ३
१४. गोकर्ण विष्ट,गुल्मी १
१५. मेटमणी चौधरी,दाङ १
१६. झपट रावल, कैलाली २
१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
१८. भीम रावल, अछाम १
१९. कृष्णलाल महर्जन, ललितपुर २
२०. सोमप्रसाद पाण्डे, पाल्पा २
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend